नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गरेकाे छ ।

 एसोसिएसनले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासहित दलका प्रमुख सचेतकहरूलाई महाअभियोग लगाउन माग राख्दै ज्ञापनपत्र बुझाउने भएको छ ।

तीन साताभन्दा लामो समयदेखि जबराको राजीनामा माग्दै धर्ना र प्रदर्शन गर्दै आएको बारले सोमबार महाअभियोग लगाउन माग राख्दै सभामुख सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेकतलाई  ज्ञापनपत्र बुझाउन लागेको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

न्यायालय सुद्धीकरणका लागि जबरालाई न्यायालयको नेतृत्वबाट हटाउनुपर्ने बारको जिकीर छ ।