नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा उम्मेदवारीका रूपमा अघि सरेका धरान उपमहानगरपालिका का प्रमुख तिलक राईपछि सरेका छन् । क्षेत्र नम्बर १ क र ख मा संस्थापना पक्षको कमजोर उपस्थिति देखिएपछि राई चुनावबाट ब्याक भएका हुन् । 

राईले उम्मेदवारी नदिने भएपछि उक्त पक्षको प्यानलबाट  लक्ष्मी खतिवडा उम्मेदवार  हुने भएकी छिन् । संस्थापना इतर समूहका राई संस्थापन पक्षको सहयोगमा उम्मेदवार हुने पक्का पक्का भयसँगै त्यसै अनुरूप प्रचार प्रसारमा समेत लागेका थिए । 

"व्यावहारिक समस्याका कारण उम्मेदवारी फिर्ता लिएको भन्नु भएको छ, हार जित भन्दा पनि अन्य राजनीतिक कुराहरू हुनसक्छ । "  उक्त प्यानल मार्फत सह–सचिवको उम्मेदवारी दिएका नवीन ढकालले भने "वहाँको केही समस्या होला । " 

जित्ने रणनीतिमा रहेका राई प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा संस्थापन पक्ष निक्कै कमजोर देखिएपछि उनी ब्याक भएको बताइएको छ । राई ब्याक भएपछि आज धरान १२ स्थित होटेल स्टार पूर्वीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले सभापतिमा खतिवडालाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।