नेकपा एमाले उपाध्यक्ष डा. भीमबहादुर रावलले  अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै  चितवनमा हुन गइरहेकाे एमालेकाे १० औं राष्ट्रिय महाधिवेशनमा  अध्यक्ष पदमा उम्मेदवारीकाे उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउन अध्यक्षमा उमेदवारी दिने घाेषणा गरेकाे भन्दै कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान पनि गरेका छन् । 

 ‘अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’उनले भने " मैले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको छु तथा कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह राखेको छैन ।

पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ ।"