धरान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा खतर्फ संस्थापन इतर प्यानलै विजयी बनेको छ । 

हालै सम्पन्न मतपरिणामअनुसार खतर्फ मुरारी भट्टराईको प्यानलै विजयी बनेको हो । संस्थापनबाट अजयकुमार राईको समूह प्रतिस्पर्धामा रहेको थियो । भट्टराई कोइराला पौडेल समूहको प्रतिनिधित्व गर्दै मैदानमा थिए । 

भट्टराईले कुल २५१ मत खसेकामा १३९ मत प्राप्त गर्दै विजयी बन्दा प्रत्यासी राईले १०८ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापतिमा चन्द्रबहादुर मगर अनिलले १५५ र डिल्लीसेर राईले १३० मत प्राप्त गर्दै निर्वाचित बने । यता संस्थापनतर्फका अमृतबहादुर खड्काले ८२ र सन्देश श्रेष्ठले ९२ मत ल्याएका थिए । त्यस्तै सचिव पदमा राजेन्द्र खड्काले १४४ र विजय घिमिरेले १४३ मत प्राप्त गर्दै निर्वाचित बन्दा प्रत्यासी संगीता राईले १२० र सुरजप्रसाद अधिकारीले ६३ मत मात्रै प्राप्त गरेका थिए । 

त्यस्तै सहसचिव पदमा मञ्जु राईले १४४ र रोहित काफ्लेले १५१ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्द्धी विक्रम राईले ८५ र सर्वम धामीले ८१ म्त मात्रै प्राप्त गर्दै पराजित भए । त्यस्तै सदस्यहरूमा पनि भट्टराई समूहबाट विजयी बनेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रेस संयोजक पारस राईले जानकारी दिए । 

यता प्रदेशसभा कतर्फ पनि अनिल श्रेष्ठको प्यानलै अगाडि रहेको जनाइएको छ । ३ सय मत गणना गर्दा अनिल श्रेष्ठ २२१, मदन ढकाल ७७ मत मात्रै प्राप्त गरेको अवस्था छ ।