मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एकालेको १० औ महाधिवेशनको लागी सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि छनौट भएको छ । ९ जना प्रतिनिधिका लागी संस्थापना र संस्थापन इतर समूहले आ–आफ्नो उम्मेदवारी दिएपछि  सहमतिमा प्रतिनिधि छनौट गर्न दुवै पक्षले पटक–पटक छलफल गरेका थिए ।

छलफलमा सहमति जुट्न नसकेपछि जिल्ला कमिटीले  चयन गरेको प्रतिनिधि स्वीकार गर्ने  सहमति भएको थियो । उक्त सहमति अनुरूप जिल्ला कमिटीले क्षेत्र नम्बर १ बाट खुल्ला तर्फ जयकुमार राई, रमेश बस्नेत, विजय राई, मीनकुमार सुब्बा, राम आङबुहाङ र योग्यराज खड्का छनौट गरेको छ । 

महिलातर्फ विणा खनाल, रुफिना गुरुङ (राई) र लहरु माया जिमी पनि प्रतिनिधि छनौट भएका छन् । सुनसरीमा दलित क्षेत्रबाट लालबहादुर सेन्चुरी, घनश्याम मंग्राती(सुमन), पार्वता कुमारी बराइली र धनबहादुर विश्वकर्मा (डी.बि.शाह शङ्कर) प्रतिनिधिमा छनौट भएको जिल्ला कमिटीले जनाएको छ । 

भएका छन् । एमालेको १० औँ महाधिवेशन यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा सम्पन्न हुदैछ ।