सुनसरीको इनरुवाबाट भारतबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको ५० बोरा भारतीय चिनी चेक जाँचका क्रममा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार इनरुवा नगरपालिका ९ चौक सडक खण्डबाट प्र १ –०२–००२ च ४९६१ नम्बरको पिकअपमा भारतबाट नेपाल तर्फ ल्याउने क्रममा अस्थायी प्रहरी पोष्ट पोखरी चौकमा कार्यरत प्रहरी सायक निरीक्षकका कमान्डमा खटिएको टोलीले चेकजाँचका क्रममा १६ लाख ३७ हजार ४ सय बराबरको उक्त चिनी बरामद गरेको हो । 

बरामद चिनी, सावरी, चालक, धनीलाई सुनसरी भन्सार कार्यालय सेतुबन्धु कोसी ब्यारेजमा बुझाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै, गढी गाउँपालिका ४ बाट २ बोरा सुर्ती, ६ बोरो चिनी सहित मोटरसाइकल पनि भन्सार कार्यालयलाई बुझाएको जनाएको छ ।

  बुधबार प्रहरी चेक प्याईन्टमा चेकजाँच गरी रहेको अवस्थामा प्रहरीलाई देखेपछि भारतबाट नेपाल तर्फ आउँदै गरेको २ बटा मोटरसाइकलमा सवार दुई जना मोटरसाइकल छोडी भागेका थिए ।  उनीहरू भगेपछि प्रहरीले मोटरसाइकलमा  उक्त परिमाणको चिनी र सुर्ती फेला पारेको कार्यालयले जनाएको छ ।