झापट हानेको निहुमा हत्या गरिएका दाहालको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैँचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुडीगंगा गाँउपालिका ६ का २४ वर्षीय इश्वर लिम्बू, १८ वर्षीय सुदिप उराउ, २० वर्षी सुदीप उराउ रहेको जिल्ला प्रहरी कार्यालयल मोरङले जनाएको छ ।

पक्राउ परेका चारैजनालाई कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । 

उनिहरुले गत कार्तिक २८ गते साथीको भतिजको वर्थ डे मनाउन मोरङको  बुढीगंगा गाउँपालिका ६ कोयलपुर पुगेका धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका ४ घर भई खनारमा डेरा गरि बस्ने २६ वर्षी रिजन दाहाललाई खुकुरी प्रहार गरि घाइते बनाएका थिए । 

 टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियाे ।  घटना छुट्याउन गएका नानु लिम्बु र कमल थापा पनि घाइते भएका छन् । लिम्बुको दायाँ हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ । हत्या गरिएका दाहाल र घाइते थापा खनारमा डेरा गरेर बस्दै आएका आएका थिए । 

दुवै जना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ । शनिबार राती रिजन र बुढीगंगा ६ डल्लेपुरका २५ वर्षीय धनबहादुर तामाङको झगडा भएको थियो । झगडा हुँदा रिजनले धनबहादुरलाई एक झापड हानेका थिए । 

त्यही झापड हानेको रिस फेर्न रिजन बर्थडेको आएको मौका छोपेर आक्रमण गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । ‘अघिल्लो दिन रिजन र धनबहादुरको झगडा भएपछि स्थानीय नविन लिम्बुको घरमा पुगेर रिजनले माफी पनि मागेका रहेका छन् । माफी मागेपछि मिलेर गएका थिए ।