प्रहरीले  १८० केजी लागु औषध गाँजासहित १ जनालाई पक्राउ गरेकाे छ ।

बुधबार सुनसरीको देवानगंज गाउँपालिका ४ बाट उक्त परिमाणकाे गाँजासहित  ५ नम्बर वडाका २५ वर्षीय सन्तोष कुमार मेहतालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार देवानगंज स्थित सीमा क्षेत्रमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश –१–०४–००१ त ०६६६ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेकाे थियाे।

प्रहरीका अनुसार मेहताले गाँजा बेक्ने उक्त ट्याक्टरलाई  २९ प ८४८६ नम्बरको मोटर साइकलले स्कटिङ गरेका थिए । फरार ट्याक्टर चालकको खोजतलास भइरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।