धरान । गोर्खा सहिद गाउँपालिकाका एक युवा मोरङको विराटनगरमा लागूऔषधसहित पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कात्तिक २९ गते बिहानको समयमा विराटनगर–१६ दरैयामा जाँचको क्रममा पक्राउ गरिएको हो । सहिद गाउँपालिका–७ का २२ वर्षीय मनिष श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

भारतको जोगवनीबाट नेपालतर्फ पैदल आउँद्यै गरेको अवस्थामा उनको साथबाट १० पत्ता नाइट्राभेट, ७७ एम्पुल डाइजापाम, ७७ एम्पुल र २३ एम्पुल एभिल बरामद गरिएको उनले जानकारी दिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।