धरान । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा पतिले आफ्नै कान्छी पत्नीको हत्या गरेका छन् । 

धारिलो हतियार प्रयोग गरी ७० वर्षीय सन्तबहादुर राईले कान्छी पत्नी ५६ की चतुरमाया राईको हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पत्नीलाई घाँटी रेटेर घाइते बनाएका थिए ।

इलाका प्रहरी कार्यालय लिम्चुङ्बुङबाट खटिएको प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा पठाइएकोमा उपचारको क्रममा निधन भएको जिप्रका उदयपुरका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए । घटना मङ्गलबारको हो ।