प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले  विश्वासको मत मागेका छन् । 

आज (बुधबार) बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले संसदमा विश्वासको मत मागेका हुन् । उनले  प्रदेश सभामा विश्वासको मत माग्दै सबैबाट साथ र  समर्थन हुने विश्वास लिएको बताएका छन् ।

बैठकमा मुख्यमन्त्रीले विश्वासको मत मागेसँगै छलफल सुरु भएको छ । छलफलका क्रममा बेल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता हिक्मत कार्की सरकारकाे संरचना पुतलीको खेल जस्तो भएको  बताएका छन् । 

उनले, बाल्यकालमा पुतलीको ठुलो टालो लाज छोप्ने र सानो टालो टाउको ढाक्ने खेल खेल्ने गरेको स्मरण गर्दै प्रदेश १ को सरकारमा गठबन्धन दलको सहभागिता सोही अनुरूप भएको बताएका छन् ।