प्रदेश १ काे आज बसेको प्रदेशसभा बैठक २ मिनेटमै स्थगित भएको छ । 

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची रहेको आजकाले बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरू उपस्थित नभएपछि सभामुखले साढे २ मिनेट मै स्थगित गरेका छन् । सभामुख प्रदीप कुमार भण्डारीले सोही कार्यसूची अनुरूप अर्को बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित गरेका छन् । 

उनले, भोलि बस्ने बैठकमा प्रतिपक्षी दलका सांसदहरूलाई उपस्थितिका लागि आग्रह समेत गरेका छन् । 

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा नेकपा माओवादीले  आह्वान गनेको नेपाल बन्दका कारण कतिपय संसदहरू बैठकमा उपस्थित हुन नसक्ने भन्दै बैठक सार्न माग गरेरका एमालेले  स्थगित नभएमा आफ्ना सांसद बैठकमा सहभागी नहुने एमालेले बताएको थियो । एमालेको मागविपरीत सभाको बैठक बसेपछि एमाले संसदकाे अनुपस्थितिका करण सभामुखले बैठक स्थगित गरेका हुन् ।