इटहरीमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको  माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ ।

इटहरीमा  पसल बन्द गराउँदै हिँडेकाले  २० जना कार्यकर्तालाई  नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज नेपाल बन्दको आह्वान गरेका विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरू बजार क्षेत्रमा व्यवसायीहरूलाई पसल बन्द गर्न लगाउने तथा सवारी साधन सञ्चालनमा अवराेध सिर्जना गर्ने जस्ता क्रियाकलाप गरेकाले नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले बताएका छन्  । 

बन्दका कारण  शैक्षिक संस्था  तथा लामो दुरीका सवारीसाधन बन्द रहेका छन् भने  टेम्पु सिटी सफारी, मोटरसाइकल लगायतका  सवारी साधनहरू सञ्चालनमा रहेका छन् । बजार सामान्य दिनको भन्दा थोरै मात्रमा खुलेको छ ।