इलाममा चक्कु प्रहार गरी भाइले आफ्नै दाजुको हत्या गरेका छन् ।

जिल्लाकाे  सन्दकपुर गाउँपालिका १ चाँपगैरीका ३० बर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजु ३५ बर्षीय ईच्छा मुखियाको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।

कार्यालयका अनुसार गय राती बेलुका राती ७ बजे काका मान बहादुर मुखियाको घरमा बसी मादक पदार्थ सेवन गरिरहेका उनिहरू बिच सामान्य बिबादमा  चक्कु प्रहार गर्दा ईच्छाकाे घटनास्थलमानै मृत्यु भएको थियो । 

 घटनाको जानकारी पाएसंगै घटना स्थल पुगेकाे प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोलीले चक्कुसहित चक्र मुखियालाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेका  कार्यालयले जनाएकाे छ ।