सुनसरी । नेकपा एकीकतृ समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जगतगुरु बालसन्त मोहनशरण देवाचार्यबाट अभिनन्दित भएका छन । 

जगतगुरु बालसन्तले नेता नेपाललाई चरताधाममा आयोजित राष्ट्रशान्ति धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको अवसर पारेर अभिनन्दन गरेका हुन् । बालसन्तको निम्तोमा चतराधाम पुगेका नेता नेपाललाई हिन्दु धर्मको संरक्षण र नेपालमा कुम्भ मेलाको प्रारम्भ गर्न योगदान पुर्याएको भन्दै जगतगुरु पिठका तर्फबाट अभिनन्दन गरिएको हो । 

अभिनन्दन ग्रहणको क्रममा निकै हर्षित मुद्रामा देखिएका नेता नेपालले धर्म संरक्षण र प्रवद्र्धनमा आफ्नो सदैव साथ र सहयोग रहने बताए । नेता नेपालले वर्तमान सरकारमा वुद्धिजीवी वर्गको बाहुल्यता रहेको भन्दै वस्तुस्थिति अध्ययनको काम भैरहेकाले सोही आधारमा धार्मिक तिर्थस्थल र संग्राहलय बनाइने बताए । 

यसैबिच कार्यक्रमलाई सम्बोधनको क्रममा नेता नेपालले सत्तामा बसेकाहरुमा सत्ताको दम्भ शोभनीय नहुने बताएका छन । सम्बोधनको क्रममा नेता नेपालले सत्तामा बसेकाहरुमा अहंकार शोभनीय नहुने धारणा व्यक्त गरे । उनले मैमत्ता प्रवृतिको अन्त्य निश्चित भएकाले राम्रो बाटो रोजेर अघि बढ्नु पर्नेमा जोड दिए । 

नेता नेपालले अरुलाई सताउने र दुःख दिने नभई शासनसत्ता जनमैत्री र सबैको भलो चिताउने खालको हुनुपर्ने बताए । उनले वर्तमान सरकार जनमूखि भएर सबैको हीतमा केन्द्रीत रहेको समेत बताए । 

माधव कुमार नेपाल चतराधामको कार्यक्रम सकाएर इटहरीका मेयर द्वारिकलाल चौधरीले आयोजना गरेको दिवा भोजमा सहभागी हुन पुगेका थिए । नेता नेपालसँगै प्रदेश एकका मूख्यमंत्री राजेन्द्र राई समेत रहेका थिए ।