नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको घरमा पुगेका छन् ।  मेयर चौधरीको घरमा शुक्रबार बिहान  अध्यक्ष नेपाल तथा  मुख्यमन्त्री राजेन्द्र राई पुगेका हुन् । 

उक्त भेटको जानकारीसहित नेकपा एकीकृत समाजवादी इटहरी नामक फेसबुक आइडीमा  नेकपा एमाले  नेता  मेयर चौधरी, वडाध्यक्ष चन्द्र भट्टराईसँगै धेरै जनप्रतिनिधिहरू पार्टी प्रवेश गर्न लागेको भन्दै एक पोस्ट आएपछि  चौधरी नेकपा एसमा प्रवेश गरेकाे इटहरी हल्ला चलेकाे छ । 

यस अघि एकीकृत समाजवादीका १  नम्बर प्रदेश अध्यक्ष एवम् उदयपुर त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग पनि भेटघाट गरेको तस्विर सार्वजनिक गरेका मेयर चौधरीलगायत नेकपा एस  प्रवेश गरेको औपचारिक निर्णय भने भएको छैन । 

मेयर चौधरीले एमाले सुनसरी  अधिवेशन केही व्यक्तिहरूले पार्टीलाई निजी कम्पनी बनाएको भन्दै अधिवेशन बहिस्कार गरेका थिए । चौधरीले पछिल्लो पटक नेकपा एससँग नजिकिनुको  उद्देश्य भने खुलाएका छैनन् ।