धरान । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर देखेर कतिपय मानिस आत्तिएको बताएका छन् । 

मोरङको विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्नेक्रममा उनले देशैभरिबाट समाजवादीमा प्रवेश गर्नेको लहर चलेको बताए । 

उनले केपी शर्मा ओलीलाई ठेगान लाइराख्नुपर्ने अवस्था नआएको बताए । उनले भने, ‘उहाँ आफै ठेगान लागिसक्नु भएको छ ।’

उनले हाल न्यायालयमा देखिएको विवादलाई सामाधान गर्न गठबन्धनका तर्फबाट प्रधानमन्त्री आफै लागेको बताए । उनले एमालेलाई खोज्नुपर्ने अवस्था आउने समेत दाबी गरे । सुनसरीको वराहक्षेत्रमा हुन लागेको कार्यक्रममा सहभागी हुनका लागि उनी पूर्व आएका हुन् ।