सुनसरी इन्चार्ज तथा केन्द्रीय सदस्य धर्मराज निरौलाले विभिन्न समयमा नेताहरूलाई लगाएको आरोप प्रति क्षमा मागेका छन् ।

आज इनरुवास्थित ओसाई पार्टी प्यालेसमा बसेको सुनसरी जिल्ला कमिटीको पूर्ण बैठकमा बेल्ने क्रममा उनले पार्टी दुई चिरा भएको समयमा केन्द्रीय सदस्य जगदीश कुसियत र धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु  भण्डारीलाई  लगाएको आरोपप्रति माफी मागेका हुन् । 

२०७५ जेठ २ अघिको कमिटीको समर्थनमा रहेका निरौलाले संस्थापना पक्षधर  भण्डारी र कुसियतलाई पार्टी दुई चिरा भएको समयमा एक अर्काप्रति आरोप प्रत्याराेप हुँदा आफूले बोलेको कुरा प्रति माफी मागेको बताएका छन् । 

उनले भण्डारी र कुसियतलाई लगाएको आरोपप्रति माफी माग्नुका साथै  अब उप्रान्त त्यस्तो नहुने  प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

धरान नगर अधिवेशनका क्रममा जेठ २ कमिटी पक्षधरको अधिवेशनका प्रमुख अतिथि रहेका निरौलाले संस्थापना पक्षधर  भण्डारीको आचरणमा आँच आउने गरी भाषण गरेका थिए । त्यस्तै, संस्थापन पक्षधर कुसियतप्रति लक्षित गरी लैकहीकाे एक कार्यक्रममा पनि बोलेका थिए ।  

"आपत्तिजनक लाञ्छना लगाउन खाले बोल्नु भएको थियो ।  मैले त सहन सकुला तर अरू महिला अरू महिला भएको भए कसरी अगाडी बढ्न सक्छन् भन्ने प्रश्न गरेका थियौ " भण्डारीले भनिन् ''वहाँले जिल्ला कमिटीको बैठकमै माफी माग्नुभएको छ । सार्वजनिक रूपमा माफी मागिसकेपछि क्षमा भन्दा ठुलो अरू के नै हुन्छ र ? जिम्मेवार नेताले माफी मागिसकेपछि यस्तो पुन नदाेहाेर्याउनु होला भन्यौ ।''