धरान । नेकपा एमाले १६ नम्बर वडा कमिटीले वडाका बाढीपीडितहरूलाई राहत वितरण गरेको छ ।
स्थानीय हक्राहा खोलामा आएको बाढीका कारण प्रभावित बनेका टिकुलिया टोलका ४९ परिवारलाई राहत प्रदान गरिएको एमालेका १६ नम्बर वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।
बाढीबाट प्रभावितहरूलाई तिहारको मुखमा केही सहज होस् भन्ने उद्देश्यले दाल, चामल, नुन, तेल प्रदान गरिएको चौधरीले जानकारी दिए ।