धनकुटा। जनता समाजवादी पार्टी नेपाल, जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा दुई दिने गाउँ पार्टी स्तरिय सु.ज.अभियान तथा अगुवा प्रशिक्षण कार्यक्रम मंगवलार भेडेटारमा सम्पन्न भएको छ । 

जनता समाजवादी पार्टी नेपाल साँगुरीगढी गाउँपालिकाको स्थानिय व्यवस्थापनमा सम्पन्न भएको दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टीको नीति, शिद्धान्त, विचार र आदर्शको वारेमा प्रशिक्षण दिइएको बताइएको छ ।

पार्टीका जिल्ला अध्यक्ष बलवहादुर राईका अनुसार प्रशिक्षण कार्यक्रममा आशन्न निर्वाचनको तयारी र स्थानिय तहका सरकारहरुले गरेको भ्रष्टचार, अनियमितता, स्वेच्छचरी, अधिनायकवादी शैली र सेटिङ प्रक्रियाबाट कार्यकर्ता भरण, पोषण गर्ने जनतामारा गतिविधिको भण्डाफोर गरिएको बताए । 

प्रशिक्षण पुर्व शान्ती मन्त्री एवम पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य रकम चेम्जोङ, संविधान सभा सदस्य एवं पार्टीका केन्द्रिय सदस्य राजकुमार राई, केन्द्रिय सदस्य अर्जुन थापा, प्रदेशसभा सदस्य आर्सी तुम्वा लगायतले दिएको अध्यक्ष राईले बताए । सो अवसरमा यमन सुव्बाको अध्यक्षतामा ३७ सदस्सीय सामाजवादी युवा संघ साँगुरीगढी गाउँकार्य समिति गठन गरिएको उनले बताए ।  

समितिको उपाध्यक्षमा टिका प्रसाद घिमिरे, सचिवमा वालकुमार लिम्वु, सह–सचिवमा शन्देश लिम्वु, कोषाध्यक्षमा आशिष राई र सह–कोषाध्यक्षमा सुमन तामाङलाई चयन गरिएको अध्यक्ष राईले बताए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना जनता समाजवादी पार्टी नेपालमा सदस्यता लिएर प्रवेश गरेको अध्यक्ष राईले बताए ।

साथै कार्यक्रमको अन्त्यमा पार्टीका केन्द्रिय समितिको सल्लाहकार वाङ्गदी लाामाको हालै भएको असमयिक दुःखद निधन प्रति पार्टीको तर्फबाट शोक वक्तव्य जारी गर्दै परिवारजन प्रति गहरो समवेदना प्रकट गरिएको वताइएको छ ।