बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् ।

नगर अध्यक्षका लागि १४ जना आकांक्षी रहेकामा निर्वाचन प्रक्रियामा भट्टराई र उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । बुधबार राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी ओलीले १४० मत प्राप्त गरेका छन् ।

नगर कमिटीको उपाध्यक्षमा २१४ मत प्राप्त गर्दै पुष्पा दाहाल निर्वाचित भएकी छन् । उनको प्रतिद्वन्दी उर्मिला विमली खरेलले १९४ मत प्राप्त गरिन् । यस्तै, सचिवमा शेखर कँडेल निर्वाचित भए ।

उनका प्रतिद्वन्दी शंकरराज ढुङ्गेलले १८६ र कँडेलले २१६ मत प्राप्त गरेका छन् । उपसचिव पदमा प्रकास लिङ्देन र मदन बुढाथोकी निर्वाचित भएका छन् । दुई जना उपसचिवका लागि ८ जना बिच निर्वाचन भएको थियो ।

यस्तै सदस्यमा गुञ्जन प्रसाई र किशोर पौडेल निर्वाचित भएका छन् । दलित सदस्यमा रोशन घतानी र सुमन त्रिखत्री निर्वाचित भएका छन् ।