संखुवासभा । नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) ले नव गठित सरकार पुरा समय टिक्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन संखुवासभा आएका मंगलबार मन्त्री शर्माले यस्तो बताएका हुन् । तुम्लिङटार एयरपोर्टमा पत्रकारहरुसंग बोल्दै उनले अदालत र सरकारसंग कुनै सम्बन्ध नरहेको यसले कुनै पनि असर नपर्ने बताएका छन् ।

प्रतिगामनकारीहरुले अदालतको परमादेशबाट आएको सरकार भन्ने गरेको भएपनि जनताबाट निर्वाचित भएर प्रतिगमनको संघर्ष पछि सरकार आएको समयअवधिभरी सरकार टिक्ने उनले जिकिर गरेका छन् ।

माओवादी केन्द्रको प्रक्षिणमा सहभागी हुन आएका उनले जिल्लाको नमुना विद्यालय मनाकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुम्लिङटारको अनुगमन समेत गरेका छन् ।

विद्यालयले आयोजना स्वागत तथा सम्मान कार्यक्रम उनले आफु अर्थमन्त्री भएपछि उनले शैक्षिक क्षेत्रमा मुख्य दुई विषयलाई विशेष रुपमा अगाडी सारेको बताएका छन् । उनले कोभिड १९ जस्ता महामारमा पनि शैक्षिक गतिविधी अगाडी बढाउन प्रदेश स्तरमा टिचिङ सेन्टर स्थापना गर्ने र विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रम लागु गर्ने बताएका छन् ।

अर्थमन्त्री शर्मा विद्यालयको कार्यक्रम पश्चात पार्टीको प्रशिक्षण सहभागी हुने त्यसपछि जिल्लाका कार्यालय प्रमुख, राजनैतिक दल, जनतिनिधि, उद्योग ब्यवसायी लगायतसँग भेटघाट गर्ने बताइएको छ । भने उनको बुधबार विहान ९ः३० बजे काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।