विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण टुंगो लगाउने पहिलो प्राथमिकतामा रहेको बताएका छन् । सपथग्रहण लगत्तै संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘राम्रो गर्ने, नराम्रो नगर्ने र नाम राख्ने मेरो प्राथमिकतामा रहेको छ,’ उनले भने, ‘अहिलेसम्म प्रदेशले नाम पाउन सकेका छैन । त्यो हामी दिन्छौं ।’ विश्वासको मत लिएपछि थप मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेको उनले बताए । ' कामको आवश्यकता र सरकारमा सहभागी गठबन्धन दलको आवश्यकताका लागी पनि मन्त्रिपरिषद् थप विस्तार गरेर पूर्णता दिन्छाैँ । '
उनले भने ‘आगामी २५–२६ गतेसम्ममा विश्वासको मत लिने तयारी गरेको छ । विश्वासको मत लिएर गठबन्धनबीचको सहमतिमा मन्त्रीमण्डल विस्तार हुेनछ ।’
कामको आवश्यकताको हिसावले र गठबन्धनको सहमतिको आधारमा मन्त्रालयको संख्या अलिकति बढाउनुपर्नेछ, त्यसपछि हामी मन्त्रीमण्डल विस्तार गर्छौं,’ उनले भने, ‘गठबन्धनमा धेरै दलहरुको सहभागीता रहेका छौं । त्यसकारण साझा संयन्त्र बनाएर अगाडि बढ्छौं ।’
उनले बजेटको दायरा बढाउने पनि बताए । वैदेशिक अनुदान, केन्द्र सरकारबाट अनुदान र राजस्व स्रोतको दायरा बढाएर बजेटको आकार बढाउने पनि उनले बताए । ‘सीमित बजेटलाई पनि प्राथमिकताको क्षेत्रमा विनियोजन गर्ने, भ्रष्टाचार, अनियमितता, शान्ति सुरक्षा र सुशासन कायम गर्ने प्राथमिकतामा हुनेछ,’ उनले भने, ‘सांसदहरुलाई योजना छनौटमा समावेश गर्ने र सांसदलाई बलियो बनाउने मेरो उद्देश्य हुनेछ ।’