प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवगठित मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला मन्त्री, जसपाका नेता जयराम यादव सामाजिक विकास मन्त्री, काङ्ग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, काङ्ग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।
उनीहरूले मुख्यमन्त्री शपथसFगै मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख साेमनाथ अधिकारी (प्यासीले)ले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुखको आह्वान लगत्तै पाँच दलीय गठबन्धनबाट नेता राईले ४९ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । संविधानको धारा १६८ (२) बमोजिम प्रदेश प्रमुख अधिकारी राईलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।