पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनकाे माडी नगरपालिका ९ अयोध्याधाममा रहेकाे राम मन्दिरकाे दर्शन गरेका छन् ।

दुइ दिनका लागी  साेमबार चितवन पुगेका  ओलीले मन्दिरमा पुजा गर्नुका साथै मन्दिरको परिक्रमा गरेका थिए उनि प्रधानमन्त्री भएका बेला  यहाँ भगवान रामको जन्म भएको र यसै ठाउँमा राम मन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिएका थिए । उनकाे निर्देशन बमाेजिम गत ८ वैशाखमा राम मन्दिरमा मूर्ति स्थापना गरिएको हो ।  मन्दिर निर्माण गरिएपछि पहिलो उनले पटक  स्थलगत अवलोकन गरेका हुन् । 

माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । प्रचण्डले भने ओलीले आफूलाई प्रहार गर्नकै लागि  राम मन्दिर बनाएर मूर्ति स्थापना गरेकाे बताउदै आएका छन् ।