संविधानको धारा १६८ (२) बमोजिम प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सोमबार नेकपा एमालेका भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सोही नयाँ सरकार गठनका लागि आह्वान भएसँगै नेकपा (एकीकृत समाजवादी)का राईले गठबन्धनको तर्फबाट आफ्नो दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुखको आह्वान लगत्तै पाँच दलीय गठबन्धनबाट नेता राईले ४९ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
मुख्यमन्त्री राईले आजै शपथ ग्रहण गर्ने छन् । भने, चार पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेको बताइएको छ ।