नेपाल पञ्चाङ्ग निर्णायक समिति यस वर्षको भाइटीकाको साइत  बिहान ११ः०२ बजेका लागि  तय गरेकाे छ । 

यस वर्ष बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । धन त्रयोदशी व्रत ( धनतेरस) र धनवन्तरि जयन्ती मंगलबार रहेकाे छ ।  यसपटक बुधबार नरक स्नानसहित काग तिहार, कुकुर तिहार एकैदिन रहेकाे छ । बिहिबार लक्ष्मी पुजा, शुक्रबार गाेवर्धन पुजा (हली तिहार)  र शनिबार भाइटिका रहेकाे छ ।

समितिकाे बैठकले भाइटिकाकाे साइत मात्र सार्वजनिक गरेकाे छ ।