नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा  नेत्री सुजाता कोइरालाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । 

यो सँगै काँग्रेसको सभापतिको उम्मेदवारी दिने घोषणा गरेकाहरूमा कोइराला परिवारका मात्र ३ जना पुगेका छन् यस अघि डा.शेखर कोइराला र महामन्त्रीसमेत रहेका शशांक कोइरालाले पनि काँग्रेसको सभापतिमा उम्मेदवारी दिने बताएका थिए ।

आज बिहान विराटनगर आइपुगेकी नेत्री सुजाताले गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले उम्मेदवार  घोषणा गरेको बताइन् ।

उनले आफू महिला भएकोले  सबैले सहयोग गर्ने प्रति विश्वस्त रहेको बताउँदै  यस विषयमा कोइराला परिवारमा थप छलफल गर्ने बताएकी छिन् । 

नेत्री सुजाताले काँग्रेसले पनि 'अर्ली इलेक्सन 'चाहेकाले देश चाँडै निर्वाचनमा जाने बताउँदै अहिलेको गठबन्धन चुनावसम्म नहुने घोषणा समेत गरेकी छिन् ।