धरान । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत नपाउने दाबी गरेका छन् । 

उनले भोलि (सोमबार) सम्म आचार्यको सरकार ढल्ने बताए । धरान उपमहानगरपालिकामा सम्पन्न छलफलमा भने, ‘मुख्यमन्त्री भीम आचार्यको सरकार भोलिसम्ममा ढल्छ, गठबन्धनको सरकार आलोपालोको हुने भन्ने हल्ला मात्रै हो, त्यस्तो केही होइन ।’

बीपी प्रतिष्ठानका पदाधिकारीहरूमाथि कारबाहीको विषयबारे सञ्चारकर्मीको जिज्ञासामा छानबिन समितिले दिएको प्रतिवेदनअनुसार कारबाही अगाडि बढ्ने बताए । उनले प्रतिष्ठानमा हुने गरेको बेथितिलाई अन्त्य गर्न सरकार लागी परेको बताए ।