धरान । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ र ७ मा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । बिजय तामाङको नेतृत्वमा शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा ५६ घरधुरी विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
राप्रपा नेपालबाट लामो समय राजनीति गरेका तथा पञ्चायतीकालमा २ पटक वडा अध्यक्षको कार्यभार समेत सम्हालिसकेका रामकुमार राई र नेपाली काङग्रेसको भातृ सङगठन तरुणदल नेपाल पथरी शनिश्चरे नगर सदस्य भीम राई लगायत नेकपा माओबादी केन्द्रका नेता तथा कार्यकर्ता गरी ११४ जना एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख दिलीपकुमार राई, विशिष्ट अतिथिहरु प्रदेश कमिटि सदस्य द्वय युवराज बास्कोटा र मोहन तुम्बापो, जिल्ला कमिटि सदस्य द्वय जीवन खतिवडा र भगवतचन्द्र थपलिया, क्षेत्रीय कमिटि सदस्य तथा पथरी शनिश्चरे नगर उप–प्रमुख यमुना बिष्ट बास्तोला, पथरी शनिश्चरे नगर कमिटि सचिव रमेश दाहाल, वडा नम्बर ७ का इन्चार्ज उद्वव बस्नेत, वडा नम्बर ८ वडा कमिटि अध्यक्ष नविन कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले नगर कमिटि सदस्य तथा पथरीशनिश्चरे–७ नम्बर वडा अध्यक्ष कपिलमणि ढकाल, नगर कमिटि सदस्य तथा नगरकार्यपालिका सदस्य मैनाकुमारी लिम्बु, नगर कमिटि सदस्य कुमारी रोक्का, नगर कमिटि सदस्य श्याम बस्नेत, नगर कमिटि सदस्य प्रकाश कार्की, प्रस्तावित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सदस्य तथा ७– नम्बर वडा सदस्य कासीहाङ राई, प्रस्तावित राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटि सदस्य तथा ७–नम्बर वडा सदस्य विरोज मगर, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा नगर कमिटि सदस्य संजीव गिरी–भक्त राई, राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि अध्यक्ष किसन राई लगायतको आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।