इनरुवा । नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश एक सरकारको मूख्यमन्त्रीमा काँग्रेसको दाबी नरहेको स्पष्ट बताएका छन् । 

मन्त्री कार्कीले प्रदेश १ मा गठबन्धनको निर्णय बमोजिम सरकार बन्ने निर्णय भैसकेकाले पार्टी पंक्ति त्यसबाट पछि नहट्ने बताए । 

कार्कीले प्रदेश सरकारको विषयमा उठाइएका असन्तुष्टिका विषय केवल केहि व्यक्तिको नितान्त व्यक्तिगत धारणा भएको बताए । मन्त्री कार्कीले काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन समेत दिएका छन् । 

कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केहि काँग्रेस नेता कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको भन्दै त्यसो गरिए पार्टी हित विपरित ठहरिने बताए । 

प्रदेश एकको सरकार नेकपा एसको नेतृत्वमा बन्ने बताएका मन्त्री कार्कीले गठबन्धनको निर्णय बमोजिम मूख्यमन्त्री चयन हुने बताए ।  कार्कीले नेपाली काँग्रेस गठबन्धनको निर्णय बमोजिम अघि बढ्ने भएकाले प्रदेश एकमा राजेन्द्र राईको नेतृत्वमै सरकार बन्ने बताए ।