धरान । गायिका निरु घिमिरेको नयाँ गीत ‘माया मेरी’ सार्वजनिक भएको छ । 

लोकशैलीमा तयार रहेको गीतमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको रोमान्स रहेको छ । गीतमा गायक प्रमोद खरेलको स्वर पनि रहेको छ । गीतमा दुईजोडीको प्रेमकथा रहेको छ । सुधिर र उषाका अलवा कमल सिंह र जुना कार्कीको रोमान्स देख्न सकिन्छ । भिडियो विकल्प क्रियसनले निर्माण गरेको हो । निर्देशक मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।