श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज २३ गते शनिबार, ०९ अक्टुबर २०२१ । राक्षस संवत्सर असोज शुक्लपक्षको तृतिया तिथि ८ः०७ बजे सम्म, उप्रान्त चतुर्थि नक्षत्र  विशाखा १७ः०२ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः०० र सूर्यास्त ५ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आजको दिन मन प्रसन्न रहने र महत्वाकाङ्क्षा बढ्नेछ । नयाँ कार्यको थालनी समेत हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारका लागि चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्म तथा समाज सेवामा मन जानेछ । सानो प्रयत्नले ठुलो काम सम्पादन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने योग रहेको छ । समय राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ ।  एउटै आर्थिक कारोबारमा सफलता पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही नयाँ कुरा खरीदमा भने खर्च बढ्न सक्छ । सामान हराउन पनि सक्छ सचेत रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन भाग्यशालि भएर देखा पर्नेछ । कुटनितिक नियोगको सहयोग मिल्नेछ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । केही नयाँ कुरा खरिद गर्न पनि सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भनेको कुराको विपरित अर्थ लाग्न सक्छ । स्वास्थ्यमा गडबढिभई कामकाजमा असर पर्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठुला बडाको आषीर्वादले रोकिएको कामहरु बन्नसक्छन् । मन प्रसन्न रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएको कामपुन सुरुहुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्