पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन्  ।  यद्यपी केही समाचार संस्थाले यहाँ कम्तीमा पनि १५० जना घाइते भएका जनाएका छन्   ।
बिहीबार बिहानै ५.९ रिक्टर स्केलको भूकम्प गएको र  यसमा परी कम्ती २० जनाको मृत्यु भएको हिजो सरकारी अधिकारीहरुले जानकारी दिएका थिए । भूकम्पमा परेका मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्  
घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घाइते भएकामध्ये कतिपयको अवस्था गम्भीर  भएकोले अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाहले सो प्रान्तका प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको जनाएका छन्  ।
                    
        
                                        
                                                                                                
        































