विराटनगर । मोरङ केराबारी गाउँपालिकामा राष्ट्रिय सौन्दर्यकर्मी युनियनको इकाइ कमिटि गठन भएको छ । केराबारीमा ब्युटीपार्लर संचालन गरेर बसेका सौन्दर्यकर्मीहरूले एक कार्यक्रम आयोजना गरि युनियन गठन गरेका हुन् ।
इकाइ कमिटिको अध्यक्षमा गीता लुइँटेल रहेकी छिन् । कमिटिको उपाध्यक्षमा चन्द्र कुमारी खिलिङ ,सचिव मन्जु चबेगु, सह–सचिव सुजना तामाङ र कोषअध्य कविता खड्का रहेकी छिन् । समितिको अन्य सदस्यहरुमा भाबन राई प्रमिला सुनाम, जानुका याख्यालगायत रहेकी छिन् ।
नाबुनका केन्द्रिय शिक्षा बिभागका सचिब ममता प्रधानकोे प्रमुख अतिथिमा भएको कार्यक्रमको नाबुन प्रदेश १ उपाध्यक्ष ललिता धिमालको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा नाबुन बिराटनगर महानगर कमिटीकी सचिव भली सुब्बा, नाबुन प्रदेश १ सदस्य तथा मोरङ इन्चार्ज सायद तबसुङको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन नाबुन प्रदेश १ की सचिव कला डाँगीले गरेकी थिइन् ।