आयु प्रजां धनं विद्या स्वर्ग मोक्षं सुखानिच प्रयच्छन्तु तथा राज्यं पितरः श्राद्धतर्पिता

यस अनन्त संसारमा हामीलाई सर्वप्रथम प्राणीका रूपमा जन्माउने माता–पिता सबैका लागि स्मरणीय र बन्दनीय छन् । जीवन र जगत् एउटै सिक्काका दुईवटा पाटा हुन् । धर्म बाबु हो र संस्कृति आमा हो । 

वैदिक सनातनकालदेखि हरेक वर्ष असोज कृष्ण पक्ष (पितृ पक्ष) को प्रतिपदा (पूर्णिमा) श्राद्धदेखि सोह्रश्राद्ध आरम्भ हुन्छ र आउने औंसीसम्म कायम रहन्छ । शुक्लपक्षमा देवोपासना गरिन्छ भने कृष्णपक्षमा पितृ श्राद्ध गरिन्छ । सो अवधिमा हाम्रो धर्म, संस्कृतिअनुसार दिवङ्गत आमा–बाबुलाई श्रद्धापूर्वक पूजा र तर्पण गरिन्छ । 

सोह्रश्राद्ध यस वर्ष तिथिअनुसार नेपाल सम्वत् ११४१ ञलागाः असोज ५ गते आज (मङ्गलबार) देखि २० गते बुधबारसम्म परेको छ । उक्तदिन पितृ विसर्जन गरिन्छ । जुन तिथिमा आप्mना आमा र बुबाको निधन भएको छ, सोही तिथिमा छोराहरूले सोह्रश्राद्ध मनाएर पितृ भएका आमा–बुबालाई खुसी पारिरहेका हुन्छौं । पितृहरूको नाममा श्राद्ध गर्नुको महŒव निकै ठूलो रहेको छ । भनिन्छ, आयु प्रजां धनं विद्या स्वर्ग मोक्षं सुखानिच प्रयच्छन्तु तथा राज्यं पितरः श्राद्धतर्पिता ।। अर्थात् पितृलाई श्राद्ध गरेर तृप्त गराएमा आयु, सन्तान, धन, विद्या, मरेपछि स्वर्ग, मोक्ष तथा बाँचुञ्जेल सुख र राज्यसम्म पनि प्राप्त हुनसक्छ । 

पितृहरूलाई हाम्रो धर्म, संस्कृति र परम्पराले यति महŒवपूर्ण स्थान दिएको छ कि जनैको एउटा डोरामा पनि उहाँहरूको प्रतीक छ । त्यसपछि पितृलोकको सूर्य जब कन्या राशिमा प्रवेश गर्दछन्, त्यसबेला पृथ्वी ठीक अगाडि पर्दछ र हाम्रा पितृहरूले हामी पृथ्वीवासीलाई हेरेर ऊ ती मेरा परिवारका सदस्यहरू हुन् भनेर देखाउँछन् । 

उहाँहरूलाई हामीले केही चढाइदेलान् कि भनेर आशा गर्दछन् । सूर्य जब कन्याराशिमा प्रवेश गरेको हुन्छ । त्यसबेला हामीले सोह्रश्राद्ध मनाएर पितृहरूलाई खुसी पारिरहेका हुन्छौं ।

हाम्रो यो पार्थिव शरीर विनाश भएर माटोमा मिले पनि आत्माको अस्तित्व छोरा नाति हुँदै अनन्त कालसम्म पनि एक आत्माबाट अर्को आत्मा बनेर वंश परम्परा कायम रहिरहन्छ । त्यसैले हामी हाम्रा पितृहरूको देहावसानपश्चात् पनि अस्तित्व कायम नै रहेको मानेर पितृहरूको नाममा श्राद्ध तर्पण आदि गर्ने गर्छौं । 

हामीले यदि पितृहरूलाई चटक्कै बिर्सिदियौं भने हाम्रो वंश परम्परारूपी वृक्ष नै काटिन्छ र हामी रुखबाट कुहिएर झरेको फलजस्तै बनेर अस्तित्वहीन हुन पुग्नेछौं ।

हामीहरू यस पृथ्वी लोकमा बाँचुन्जेलसम्म हामीलाई पाँचवटा तŒव अर्थात् पञ्चतŒवले समेटेको हुन्छ । ती पञ्चतŒवहरू १. पृथ्वी, २.जल, ३.तेज, ४.वायु र ५. आकाश हुन् । 

पृथ्वी गन्धको, जल स्पर्शको, तेज रूपको, वायु स्पर्शको र आकाश शब्दको प्रतीकका रूपमा सृष्टिको उषाकालदेखि हालसम्म अटल रहिआएको छ । 

यी पञ्चतŒवमध्ये वायु वा हामीले फेरिरहेको एकमुठ्ठी श्वासले हाम्रो शरीरलाई सदाको लागि छोडिदियो भने जीवित अवस्थाबाट मृत्युअवस्थामा लगिदिन्छ । त्यसैले मानिस मरेको बाह्रौं दिनमा त्यो भट्किरहेको आत्मालाई सपिण्ड श्राद्ध गरेर शान्ति दिलाइन्छ ।

यही कुरालाई हृदयङ्गम गरी हाम्रा विद्वान् पुर्खाहरूले दिवङ्गत पितृहरूको अस्तित्व देवात्माको रूपमा रहेको मानेर तिनीहरूको नाममा श्राद्ध आदिद्वारा आदर सम्मान गर्ने गर्छौं र हामी पनि आफूलाई देवताका सन्तती सम्झेर सत्कार्यमा लागी जीवनयापन गरिरहन्छौं । 

अन्त्यमा, पितृ सम्मानले हाम्रो धर्म, संस्कृति सम्मानित भएको छ । पिता–माताको महŒवबाट हाम्रा ग्रन्थहरू भरिएका छन् । माता–पिता (पितृ) को सेवा र वचन पालन गर्नुमा नै सुख लुकेको छ । यही सन्देश सोह्र श्राद्धले दिएको छ । मातृदेवो भवः  पितृदेवो भवः ।

(कर्माचार्यः धरानका विभिन्न तथ्याङ्क तथा खोजमूलक स्तम्भकार हुन् । –सं.