मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा रहेको बृहत मधुमल्ला खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको पाँचौं बार्षिक साधारण सभाले बालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसहमत चयन गरेको छ ।
समितिको उपाध्यक्ष , सचिब, स–सचिब , कोषाध्यक्ष र सदस्यहरुमा क्रमश पदम दुलाला,कमल आचार्य, महेन्द्र शाहा, बिमला राय, जंग खड्का,रेवत बिष्ट,यमुना फुयाल, अर्जुन मगर चयन भएकाछन । त्यस्तै सभाले भिम बहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय आन्तरीक लेखा परिक्षण समिति चयन गरेको छ । समितिको सदस्यहरुमा पदम पौडेल र भिम प्रसाद लिम्बु चयन भएकाछन ।