बेलबारी / मोरङको बेलबारी भित्रका निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ९प्याव्सन० बेलबारी नगर कार्यसमितीको दोस्रो अधिबेसनबाट भगवती प्रसाद घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
बिहिवार भएको उक्त नगर अधिबेसनबाट सचिवमा विनोद भण्डारी, कोषाध्यक्ष तेज ब. दाहाल र सदस्यहरूमा डिएल राजवंशी र नर ब. धिमाल निर्वाचित भएका हुन् । बेलबारीका १९ निजी विद्यालय प्याव्सनमा आबद्ध छन् । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मोरङ प्याव्सन अध्यक्ष अर्जुन बस्नेत विशिष्ट अतिथि रहेका थिए ।