धनकुटा / जिल्लाको धनकुटा नगरपालिका वडा नं.१ र पाख्रीवास नगरपालिकाको वडा नं.३ को सिमनामा पर्ने पर्यटकिय क्षेत्र जौटार सामुदायिक वनको अध्यक्षमा पुनः बीरबहादुर तितुङ निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न सातौं साधरणसभाले पुनः अध्यक्षमा तामाङ निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा बिर्ख बहादुर तामाङ, चुडामणी भण्डारी, सह–सचिवमा फुर्वा घिसिङ र कोषाध्यक्षमा प्रमिला तामाङ निर्वाचित भएका हुन । समितिको सदस्यहरुमा सीता विष्ट, कृष्णमाया पिठाकोटे, दिलकुमार तामाङ र राजकुमार मगर चयन भएका छन् ।