धनकुटा। हिन्दु नारीहरुले सनातन देखी मनाउँदै आएको हरितालिका तिजको अवसरमा छथरजोरपाटी गाउँपालिका धनकुटामा आयोजना गरिएको गायन प्रतियोगिता तथा खुला नृत्य प्रतियोगितामा गायन तर्फ वडा नं.५ को प्रगतिशिल महिला समुह प्रथम भएका छन् ।

त्यसैगरी खुला नृत्य प्रतियोगिता तर्फ वडा नं.२ की उमादेवी थापाले प्रथम पुरस्कार जित्न सफल भएकी छन् । गाउँपलिकाको महिला तथा बालबालिका शाखाले आयोजना तथा कायपालिका सदस्य टिमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गयन प्रतियोगिता तर्फ सहभागि गाउँपालिकाका बिभिन्न ८ समुहलाई पछि पार्दै प्रगतिशिल समुह प्रथम भएको हो ।

समुहका तर्फबाट सहभागि हुनुभएका रेवत कुमारी लिम्बू, नर्वदा काफ्ले, लिला थापालाई छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी शेरबहादुर लिम्बूले नगद १० हजार र कदर पत्र दिएर सम्मान गरे ।

त्यस्तै दृतिय स्थान बिजेता वडा नं.२ को जोरपाटी महिला समुहलाई छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले नगद ७ हजार सहित कदर पत्र समुहका सदस्यहरुलाई प्रदान गरे  ।

तृतिय पुरस्कार बिजेता वडा नं. ६ को एकल महिला समुहले नगद ५ हजार र कदर पत्र पाएका छन भने सान्तत्वना पुरस्कार बिजेता तांखुवा स्वास्थ्य चौकीका महिला स्वयंसेवीकाको समुहले नगद ३ हजार र कदर पत्र प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तैगरी २१ जना सहभागी खुला नृत्य प्रतियोगितामा प्रथम हुने थापाले नगद ३ हजार, द्धितिय हुने टीका भट्टराईले २ हजार, तृतिय हुने ललिता राईले १ हजार ५ सय र सान्त्वना पुरस्कार राधिका ओझाले नगद  १ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णय मण्डलमा खगेन्द्र तामाङ, निर्मला सुबेदी, दुर्गा राना र शुशिला कार्की रहेको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले ब्लाष्टलाई जानकारी दिईन् ।