हिमालय रोडिज सिजन–४ का लागि डिजिटल अडिसनमा छुटेका प्रतियोगीका लागि देशभर यामाहा शोरुममा फिजिकल अडिसन गरिंदै  छ । हिजो धरान, इटहरी र विराटनगरमा अडिसन गरिएको छ । आज  बिर्तामोडमा अडिसन सुरु हुँदैछ । 

शनिबार धरान ८ भोटेपुलमा रहेको यामाहाको स्वरुममा स्वास्थ मापदण्ड पालन गर्दै डिजिटल अडिसन दिन नसकेकालाई फिजिकल अडिसन लिएको थियो ।

रोडिज टिम ग्रीनका ग्याङका लिडर आशिष  राना (लाउरे) र यमाहाका मार्केटिङ म्यानेजर प्रशान्त राजभण्डारीले अडिसन लिए । धरानबाट रोडिजले खोजे अनुरुपको ‘कन्टेस्टेन्ट’ पाएको लाउरेले प्रतिक्रिया दिए । ‘धरानमा हाम्रो ‘एस्पेक्टेसन’ अन्य सहरहरुको भन्दा हाई हुन्छ र त्यो अनुसार हामीले पाएका छौं ।’ लाउरेले भने । 

पूर्वी सहरमा अडिसनको जिम्मा पाएका लाउरे र राजभण्डारीले विराटनगरस्थित यामाहा शोरुममा शुक्रबार अडिसन लिए । आइतबार बिर्तामोडको यामाहा शोरुमा अडिसन लिने कार्यक्रम रहेको राजभन्डारीले बताए ।

साउन २९ गतेबाट  डिजिटल अडिसन थालेको रोडिजको यस सिजनको थिम ‘सिजन अफ सर्भाइभल’ रहेको छ । डिजिटल अडिसनका लागि मोबाइलमा एप डाउनलोड गरी त्यहाँ रहेको फारम भरेर २ मिनेटको भिडियो अपलोड गर्नु पर्ने लाउरेले बताएका छन् ।