नेपाली कांग्रेसका नेता तथा सासंद मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् ।
बुधबार पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै जारी गरेको विज्ञप्तिमा पूर्वमन्त्री समेत रहेका विश्वकर्माले दुबै पदमा आफूले राजीनामा दिएको उल्लेख गरेका छन्।
विश्वकर्माले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको बताएका छन् । तर, विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ ।
ब्लाष्टखबर सँग कुरा गर्दा विश्वकर्माले भने ‘ न्याय, समानता र स्वतन्त्रता बोकेको कांग्रेसले स्थापना कालदेखी नै समावेशीतालाई मुल आधार बनाएर ११,१२ र १३ औ महाधिवेशनमा अगाडी बढाइ रहेको थियो । तर, १४ औ महाधिवेशनमा सिमान्तीकृत समुदायका थारु, मुसलमान, जनजाती र दलितहरुलाई आरक्षण दिएको हल्ला गरी पार्टी र राज्यलाई वर्चश्व हुने ढङगले जाती समुदायको प्रतिनिधित्व शून्य बनाएको निर्वाचन निर्देशिकाको विषयमा नेताहरुलाई कुरा गर्दा बेवास्था भएको र अपनत्व हराएको महशुस हुने खालको सो निर्देशिका आफू लगायत धेरैलाई मान्य नभएकाले राजिनामा नै अन्तिम विकल्य रह्यो । ’
विश्वकर्माले सामाजिक संजाल फेसबुकमा साथीहरु आज यो निर्णय गर्न बाध्य भए माफ गर्नुहोला लेखेका पोस्टमा अधिकांश उनकै समर्थनमा टिप्पणीहरु आएका छन्।