विराटनगर । प्रदेश १ का ८ जना नेकपा एमालेका सांसदहरू विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुने गरी निर्वाचन आयोगमा सनाखत गर्न पुगेका छन् ।

दुई जना सांसद आउँदै गरेको बताइएको छ । विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय आज १ बजे पुगेर उनीहरूमध्ये राजन कुमार राई, खिनु कुमारि लिम्बु,पदम कुमारि गुरुङ,गणेश काम्बाहाङ,सुनिता चाैधरि, सावित्रा कुमारि रेग्मी र सरिता थापाले एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

राजेन्द्रकुमार राईले सनाखत गर्ने तयारिमा छन् । उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई निर्वाचन कार्यलय आउने तयारिमा छन् । उनिहरु प्रदेश सचिवालयमा छन् ।