वागमती प्रदेश सभाका नेकपा एमालेबाट निर्वाचित एक जना मन्त्रीसहित १२ जना प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा गएका छन् ।
उनिहरूले मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा माधव कुमार नेतृत्व नेकपा एकीकृत समाजवादीमा रहेको भन्दै सनाखत गरेका हुन् । याेसंगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। शाक्यले अब ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
एमाले छाड्नेहरूमा सामाजिक विकास मन्त्री खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले रहेका छन् ।