धरान । अग्रज पत्रकार गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ पुर्याइएको छ ।
नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव समेत रहेका आचार्यको नाममा स्थापित पुरस्कारको राशि २० हजार रुपैयाँ पुर्याइएको छ । उक्त पुरस्कारका लागि धरान नगरका सभापति तिलक राईले २ लाख रुपैयाँ प्रदान गरेका छन् । उनले नगरबाट प्राप्त सेवा सुविधाबाट प्राप्त रकममध्ये २ लाख रुपैयाँ अक्षयकोषका लागि दिइएका छन् ।
नेपाली कांग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ । पुरस्कारको घोषणा गत वर्षको माघमै भए पनि कोरोना महामारीका कारण अगाडि बढ्न सकेको छैन । शनिबार बसेको युनियन र कांग्रेसको संयुक्त भेलाले पुरस्कार कोषको कार्यविधि सर्वसम्मतले पारित गरेको छ । समितिमा संयोजक मातृकाप्रसाद नेपाल, सदस्य मुरारी भट्टराई, पञ्चकला राई, हर्ष सुब्बा र सदस्य सचिवमा शान्ता निरौला रहेकी छन् ।
अक्षयकोष घोषणा गर्दा एकलाख ५० हजार घोषणा गरिए तापनि त्यसमा ५० हजार थप गरी २ लाख रुपैयाँ पु¥याइएको छ । कोषको रकम धरान–२ स्थित गोर्खा सहकारी संस्था लिमिटेडमा खाता खोली राखिने निर्णय गरिएको छ । पुरस्कार यसैवर्ष देखी प्रदान गर्न तत्काल कोषको व्याज प्राप्त नहुने भएतापनि पहिलो पुरस्कार संस्थापकबाट छुट्टै रकम प्रदान गर्ने भएको छ । पुरस्कारका लागि उपयुक्त पत्रकार चयन गर्न यसै हप्ता निर्णय गरिने बताइएको छ ।
संयोजक नेपालका अनुसार कार्यविधिमा पुरस्कारका लागि पत्रकार चयन गर्न एक पटकका लागि ५ सदस्यीय मुल्यांकन समिति गठन गर्नेछ । कार्यविधि अनुसार पुरस्कारका लागि (क) धरान तथा सुनसरी जिल्ला लाई कार्यक्षेत्र बनाएर पत्रकारितामा कृयाशिल रहेको हुनुपर्नेछ । (ख) मूलतः विकासमुखी, लोकतन्त्रको सबलीकरण, संघीयतामा स्थनिय तहको भूमिका, स्थानीय आर्थिक, सामाजिक, सांस्कृतिक तथा महिला, बालबालिका, दलित, अपाङ्गता विषयमा खोजमूलक पत्रकारीता गर्दै आएको हुनुपर्ने उल्लेख छ ।