भद्रपुर/नेपाल राष्ट्रिय बङ्गाली समाज भद्रपुर नगर तदर्थ समिति गठन गरिएको छ ।

नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय समितिको विधानअनुसार भद्रपुर ६ बङ्गाली युवा क्लबमा शुक्रबार आयोजित एक भेलाले राजा मण्डलको संयोजकत्वमा भद्रपुर नगर तदर्थ समिति गठन गरेको हो  । 

भेलाले सर्वसम्मत रूपमा समितिको सदस्यहरूमा रवीन्द्र घोष, मानस घोष, विजय साह, जयिता राय, मनिषा मण्डल, रीतु बर्मन राय, सञ्जय आइच, राहुल चक्रवर्ती, रञ्जित मण्डल, अरूप घोषलाई चयन गरिएको छ । त्यस्तै सल्हाकारहरूमा अमुल्य मण्डल, सञ्जय घोष र निर्मल घोष रहेका छन् ।

नेपाल राष्ट्रिय बङ्गाली समाजका केन्द्रीय सदस्य अनुप रायको संयोजकत्वमा भएको भेलामा नेपाल बङ्गाली समाजका सचिव जयन्ती मानी, अमूल्य मण्डल, पार्थ मण्डल, राजा मण्डल, सञ्जय आइच, सञ्जय घोष, निर्मल घोष र मानस घोष लगायतले आआफ्नो धारणा राखेका थिए । भद्रपुर नगर तदर्थ समिति गठन गरिए पनि यसअगि भद्रपुरमा गठित नेपाल बङ्गाली समाज, बङ्गाली युवा क्लब र बङ्गाली महिला मञ्चलाई यथावत् राखेर अगि बढ्ने छलफलले निष्कर्ष निकालेको छ ।

नेपाल राष्ट्रिय बङ्गाली समाजले देशभर छरिएर रहेका बङ्गाली समुदायको हक अधिकार सुनिश्चित गर्न बङ्गाली आयोग गठनका लागि राष्ट्रव्यापी अभियान थालेको छ । सोही अभियानअनुसार जिल्लाका स्थानीय तहहरूमा समिति गठन गर्दै जिल्ला कमिटी अभियानलाई तीव्रता दिएको छ ।