मन्त्रिपरिषद विस्तारको लागि विहानैदेखि आन्तरिक छलफलमा जुटेका  प्रदेश १ का मुख्यमन्त्री  भिमप्रसाद आचार्यले  शुक्रबार  दुई मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्रीआचार्यले प्रदेश सभा सदस्य बलबहादुर साम्सोहाङ र  लछुमन तिवारीलाई मन्त्रीमा नियुक्त गरेका छन् । 

नियक्त मन्त्रीहरूमा तेह्रथुमका तिवारीलाई  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ भने,  सामाजिक विकास मन्त्रालयकाे जिम्मेवारी ताप्लेजुङका साम्सोहाङ पाएका छन् ।