विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले एमालेको बहुमत जोगाउने दाबी गर्दै चाँडै मन्त्रीपरिषद विस्तार गर्ने बताएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।
‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरूसँग कुरा गर्छौं । र, आफ्नै संख्या बहुमत पनि पु¥याउँछौं,’ उनले भने । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन । यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलो प्राथामिकता के रहन्छ भनेर संचारकर्मीले सोधिएको प्रश्नमा उनले भने, ‘कोभिड १९ नियन्त्रण मेरो प्रथामिकता हो ।’ उनले महामारीको रूपमा फैलिएको कोभिड १९ लाई रोकथाम र नियन्त्रणमा लागि पर्ने बताए ।
‘संक्रमणको तेस्रो लहर पनि आउन सक्ने सम्भावना विज्ञहरूले बताउँदै आएका छन्,’ उनले भने, ‘ कोभिड रोकथाम र नियन्त्रणमा लागी पर्नेछु ।’