विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को अध्यक्षमा आशा कुमारी लिम्बु चयन भएकी छिन् । कोभिड १९ को कारण भर्चुयल माध्यमबाट बुधबार भएको दोस्रो अधिवेशनबाट लिम्बु सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी हुन् । 

समितिको उपाध्यक्षमा ललिता धिमाल, सचिवमा कला डाँगी, सह–सचिवमा मन्जु कार्की र कोषाध्यक्षमा सन्धा बस्नेत रहेकी छिन् । समितिको अन्य सदस्यहरुमा स्मिता ठाकुरी, सादया तवसुम, गंगा तामाङ, गंगा चर्मकार, मार्ता राई, जशु प्रधान र रिता दनुवार रहेकी छिन् ।

सौन्दर्यकर्मी यूनियनमा प्रदेश १ मा  ४ सय भन्दा बढी ब्यूटिसियन आवद्ध रहेका छन् ।  सचिवमा सर्वसम्मत रूपमा चयन भएकी डाँगीले सौन्दर्यकर्मीहरूको हकहितमा लागि पर्ने बताइन् । यसअघि सौन्दर्यकर्मी युनियको सदस्य भइसकेकी डाँगी २०७२ सालदेखि ब्युटिसियन क्षेत्रमा रहेर सौन्दर्यकर्मीहरूको हकहितमा लागि परेकी छिन् ।

यसअघि मोरङको सौन्दयकर्मी युनियको सचिव रहदा पनि डाँगीले ब्युटिसियनहरूलाई आत्मनिर्भर बनाउन विभिन्न खाले कार्यक्रम र क्षमता अभिवृद्धि गर्ने तालिमहरू ल्याएकी थिइन् । आगमी दिनमा पनि ब्यूटिसियनहरुको हकहितमा काम गर्दै अगाडी बढ्ने उनले बताइन् ।