नेपाली कांग्रेसकाेका  वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसेका जिल्ला सभापतिहरूकाे माग सम्बाेधन गर्नुपर्ने बताएका छन् ।

तत्काल क्रियासिल सदस्यहरूकाे सुची सर्वजनिक गर्नमाग गर्दै धर्नामा बसेका जिल्ल सभापतिहरूलाई सम्बोधन गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवालई सूची सार्वजनिक गर्नका लागि आग्रह गरेकोसमेत बताएका छन् । 

उनले भने ' क्रियाशील सदस्यता विवाद समाधान समितिले गरेको निर्णय कार्यान्वयन भएन  ।  त्यसअनुसार काम गर्ने हो भने अहिले पनि टुंगो लाग्न सक्छ । ' समितिले गरेको निर्णय कार्यान्वयन भए विवाद नहुने भन्दै पाैडेलले भने “फाइनल गरेर सूची अहिले सार्वजनिक गर्नुपर्छ, हेर्न पाउनु पर्छ, गल्ती सच्याउन पाउनुपर्छ । मैले सभापतिजीलाई सूची सार्वजनिक गरौँ धर्नाको आवश्यता पर्दैन भनेर भनेको हो । सभापतिहरूको माग तत्काल सम्बोधन गर्नुपर्छ । '